फेरि बढ्न थाल्याे प्रदेश २ मा कोरोना सङ्क्रमण

  • 1
    Share

जनकपुरधाम । पछिल्लो समय प्रदेश २ मा कोरोना सङ्क्रमण पुनःबढ्न थालेका छ। गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको प्रदेश २ का स्वास्थ्य कार्यालयहरुले जनाएका छन्।

स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमणप्रति सर्तकता अपनाउनसमेत आग्रह गरेका छन्।  प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ। नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाका रहेको  निर्देशनालयले जनाएको छ। 

गत मङ्सिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित थिए। अहिले सङ्क्रमितको सङ्ख्या ६५ पुगेको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए। ती मध्ये ६२  होम आइसोलेशनमा रहेका छन् भने तीनजना चिकित्सकको निगरानीमा छन्। 

प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन्। त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ।

रासस 


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्