कार्यकारी उपाध्यक्ष बस्नेतद्वारा पदबहाली

  • 1
    Share

भक्तपुर । सुरेन्द्र बस्नेतले राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षकाे पदबहाली गरेका छन् ।बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् ।

उपाध्यक्ष बस्नेतले पदवहाली गर्दै मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने बताए ।

बस्नेतलाई बुधबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय युवा परिषद ऐन,२०७२ वमोजिम कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्