मंगलज्योती सहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

  • 42
    Shares

काठमाडौ । मंगलज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ९ काठमाडौमा रहेको मंगलज्योती सहकारीले शेयरसदस्यहरुको सहभागितामा साधारणसभा सम्पन्न गराएको हो ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष सुर्यबहादुर थापाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रमलाई पारित गरेको छ । प्रस्तावित कार्यक्रमहरुमा न्युनतम शेयर पूँजि शेयर सदस्यहरुको ५० हजार पुर्र्याउन अनुरोध गर्ने, मासिक नियमित बचत खाताको व्यवस्था, वित्तिय साक्षरता तथा उद्यमशिलता विकास सम्वन्धी निशुल्क तालिमको व्यवस्था, अल्पकालीन तथा दीर्घकालिन कार्ययोजना निर्माण गर्ने लगायतका भावी योजनाहरु सहकारीको रहेको साधारणसभामा अध्यक्ष थापाले बताएका छन् ।

सहकारीमा ५ सय ८६ शेयर सदस्य रहेको अध्यक्ष थापाको भनाई छ । जहाँ महिला ३ सय ६४ र पूरुष २ सय १३ रहेका छन् । सहकारीका ९ संस्थागत शेयरसदस्य समेत रहेको छ । सहकारीलाई थप मजवुद बनाउन आगामी दिनमा अझ नविन कार्यक्रमहरु ल्याएर नमुना सहकारी बनाउने योजना रहेको अध्यक्ष थापाको भनाई छ ।






  • 42
    Shares
प्रतिक्रिया दिनुहोस्