रामप्रसादराई गाउँपालिकामा अस्थायी कर्मचारी संगठित, अध्यक्षमा सुजिल राई

  • 157
    Shares

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा कार्यरत अस्थायी करार कर्मचारीहरु संगठित बनेका छन् । शनिवार गाउँपालिकाको केन्द्र बैकुण्ठेमा आयोजित भेलाले अस्थायी कर्मचारी हकहित संरक्षण समिति गठन गरेको हो ।

भेलाबाट अध्यक्षमा फिल्ड सहायक सुजिल राई लाई चयन भएका छन् । समितिको उपाध्यक्षमा ल्याव टेक्निसियन हसिना राई, सचिवमा कार्यलय सहायक तिर्थ तामाङ सहसचिवमा अहेब संगिता राई र कोषाध्यक्षमा सव इन्जिनियर सरोज श्रेष्ठ सहित ४१ सदस्यिय समिति चयन भएको हो ।

जेष्ठ कर्मचारी तिर्थकुमार प्रधानको अध्यक्षतामा सम्पन्न भेलामा वडा नं २ का वडाध्यक्ष राजकुमार तामाङ प्रमुख अतिथि रहेको नव निर्वाचित अध्यक्ष राईले बताएका छन् । अस्थायी कर्मचारीहरुको हकहितका लागि काम गर्ने नारा रहेपनि अन्यायमा परेका सवै कर्मचारीहरुको हितमा संरक्षण समितिले आवाज उठाउने नव निर्वाचित कोषाध्यक्ष सरोज श्रेष्ठले बताएकाछन् ।


  • 157
    Shares
प्रतिक्रिया दिनुहोस्