सुरक्षित आप्रवासन परियोजना (सामी) भोजपुरको पत्रकारसगँ अन्तर्क्रिया

  • 19
    Shares

नविन मास्के,
भोजपुर । भोजपुरमा सुरक्षित आप्रवासनको नीतिगत सम्बोधन र सामी परियोजनाको गुणस्तरिय कार्यान्वयनका लागि जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिका अन्र्तगत सुरक्षित आप्रवासन परियोजना सामी भोजपुरको आयोजनामा शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बैदेशिक रोजगारीमा रहेकाहरुको तथ्याङक संकलन गरी पास्र्व चित्र निमार्ण गर्ने, बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पत्रकारहरुको भुमिका लगायत विषयमा छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको सामी भोजपुरका कार्यक्रम संयोजक टेक श्रेष्ठले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले हरेक पालिकामा सामी परियोजना संचालन गर्न आवश्यक रहेको बताएका छन् ।

सामी परियोजना जिल्लामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउपालिका र हतुवागढी गाउपालिकामा सञ्चालन भैरहेको छ । परियोजनाले विभिन्न सीप मुलक तालिम, बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा समेत संचालन गदै आएकोे सामी भोजपुरका लेखा अधिकृत कर्ण पुलामीले बताएका छन् ।

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा सामी परियोजना भोजपुर–खोटाङका कार्यक्रम संयोजक उमा पौडेल, भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई र जिल्ला केन्द्रीत रहेर कार्यसम्पादन गर्दै आएका अधिकांस पत्रकारहरुको उपस्थिति रहेको थियो ।


  • 19
    Shares
प्रतिक्रिया दिनुहोस्