तेह्रथुमकी एक साहारा विहिन वृद्धा लिम्बुनीलाई समाजसेवी शिव इमेहाङ्ग्द्वारा सहयोग हस्तान्तरण।

  • 27
    Shares

तेह्रथुम। तेह्रथुम छथर गाउँपालिका ३ पञ्चकन्या लुकुवाकी साहारा विहिन ७८ बर्षिया वृद्धा महिला श्रीहाङ्मा लिम्बुलाई सहयोग प्रदान गरिएको छ । छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा रहनु भएका समाजसेवी शिव ईमेहाङले सहयोग हस्तान्तरण गरेका हुन् ।

लिम्बुनीलाई खाद्यान्न ,लत्ताकपडा,भाडावर्तनको साथमा नगद ईमेहाङले सहयोग गर्नु भएको हो । साहारा विहिन लिम्बुनी कष्टकर जीवन बिताउँदै आउनु भएको समाचार देखेपछी यस्तो पीडालाई थोरै भएपनी मलम दिने उदेश्यका साथ सहयोग गरिएको समाजसेवी ईमेहाङ्ग्ले बताएका छन् । सहयोग सामाग्री लिम्बुनीको घरैमा पुगेर एक कार्यक्रमका बिच प्रदान गरिएको थियो ।

छथर गाउँपालिका ३ का वडाध्यक्ष तुलसीजंग थापा,वडासदस्य फैदराज लिम्बु,सञ्चारकर्मी लगायत स्थानीयहरुको उपशस्थितीमा लिम्बुनीलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो । विगत लामो समयदेखी आफ्नो पसिनाको कमाई काटेर गाउँका दुखी,विपन्न,पीडीत,असाहयका साथै दैविक प्रकोपका कारण पीडित भएका नागरिहरुलाई समाजसेवी इमेहाङ्ग्ले राहात प्रदान गर्दै आएका छन् ।


  • 27
    Shares
प्रतिक्रिया दिनुहोस्