भागवत गीता र शिक्षा

  • 447
    Shares

प्रमिला बुढाथोकी

परिचय
यदि कुनै पुस्तकको बारेमा वर्णन र परिचय गर्नुपर्दछ भने त्यो संसारको एक मात्र पुस्तक हो, भागवत गीता । श्रीमद् भागवत गीतालाई हिन्दु धर्मावलम्बीहरुको पवित्र धार्मिक ग्रन्थ मानिन्छ ।

भागवात गीता हिन्दु धर्मावलम्बीहरुले अध्ययन गर्ने पुस्तक हो । भागवत गीतालाई बह्राविद्याको स्वरुप अर्थात् समग्र विद्या नै यस अन्तर्गत पर्दछन । वेदको सार संग्रहका रुपमा पनि भागवत गीतालाई लिने गरिन्छ । यसको प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा यसको फलको बारेमा बताएको छ ।

भागवत गीतामा पहिलो देखि छैठौँ अध्याय सम्म कर्मयोग, सातौँ देखि बाह्रौँ सम्म भक्तियोग र तेह्रौँ देखि अठारौँ अध्यायसम्म ज्ञानयोग गरी तीन योगहरुमा विभक्त रहेको छ । भागवत गीतामा पहिले के कस्तो अवस्था भोग गर्नुपर्ने हुन्छ र पछि के कस्ता फल प्राप्त हुन्छन् भन्ने कुरालाई स्पष्ट सहित बताइएको छ । भागवत गीतामा श्री कृष्णले भन्नु भएको छ, “ गीतामा भगवानको अमृत बचन छ । गीताको व्यवहार जसले जुनभावले गर्दछ, उसले त्यसै अनुसार यसबाट आफनै अनुकूल फल पाउँछ । सबैका लागि सबै ज्ञानको सार गीता भएकोले यो समग्र ज्ञानमा बह्रारुपिणी हो । ” महाभारत कालमा पाण्डवहरुले भक्तिको बलमा भगवानकृपा प्राप्त गरी पृथ्वीमा धर्मराज्य स्थापना गरेका थिए ।

गीताले भनेको छ, “ आत्मा बाहेक अरु केही पनि सत्य छैन् । भगवान श्री कृष्ण पनि गीताकै सन्देशवाहक हुन् । ईश्वरसँग लैकिक पारलौकिक सुखहरुको कामना गर्नु, ईश्वरसँग डराउनु, अरुकसैलाई ईश्वर नमान्नु यहाँ सम्म त सबै महानपूरुषहरुले भने तर ईश्वरी साधना, ईश्वरसम्मको बाटो पार गर्ने कुरा मात्र गीतामा उल्लेख गरिएको छ । ”

उद्देश्य

भागवत गीताबाट जीवनको आन्नद प्राप्तिको बाटो यस पुस्तकले दिन्छ । हामी सबैले जीवनलाई सुधारौँ, आफु पनि बनौँ, अरुलाई पनि बनाउन प्रयास गरौँ । जब हामी एक आपसमा बन्न सुरु गर्नेछौ संसारले नयाँ आयम पाउन सुरु गर्नेछ । यहीँ नै जीवनको सही आन्नद दिलाउने बाटो हो भन्नेकुरा यस भागवतबाट लिन सकिन्छ ।

१‍‍. यो संसारमा तिमी खाली हात आयौँ, खाली हात नै जान्छौँ । तिम्रो स्वामित्वमा जे छ हिजो अरु कसैसँग थियो र भोलि अरु कसैसँग हुनेछ । आज जुन वस्तु वा धन सम्पतिलाई तिमी आफनो ठानेर प्रशन्न भईरहेका छौँ, यहीँ प्रशन्नता नै तिम्रो दुखको मूल कारण हो ।

२. जे भयो राम्रो भयो , जे भईरहेको छ राम्रो भईरहेको छ, जे हुनेछ त्यो पनि राम्रो हुनेछ । बितेका कुरामा पश्चाताप नगर भविष्यका कुरामा चिन्ता पनि नगर, वर्तमान त चलिरहेकै छ ।

३. सधै शंका गर्ने व्यक्तिका लागि प्रशन्नता न यो लोकमा छ न परलोकमा छ, त्यसैले शंका गर्न छोड ।
४. जसले आफनो मनलाई नियन्त्रणमा राख्न सक्दैन् उसका लागि त्यहीँ मन शत्रु समान बनी दिन्छ ।
५. नर्गमा तीनवटा ढोकाहरु छन् बास्ना, क्रोध, लालच यी तीन कुराबाट सधैँ टाढा बस्नुपर्छ ।
६. क्रोधबाट भ्रमको जन्म हुन्छ, भ्रमबाट बुद्धि बिग्रन्छ , बुद्धि बिग्रनाले तर्क नष्ट हुन्छ, जब तर्क नष्ट हुन्छ व्यक्तिको पतनको सुरुवात हुन थाल्छ ।
८. बुद्धिमानी व्यक्तिले क्षणिक सुखमा कहिल्यै आन्नद लिदैन ।
९. हरेक व्यक्ति आफुले चाहे बन्न सक्छ तर यसका लागि उनले आफुलाई विश्वास गर्दै लगातार मेहनत गर्नुपर्ने हुन्छ ।
१०. किन व्यर्थ चिन्ता गछौँ, कोसँग व्यर्थ डराउछौँ, कसले तिमीलाई मार्न सक्छ, आत्मा न त जन्मिन्छ न त मर्छ नै ।
११. न यो शरीर तिम्रो हो, न त तिमी शरीर हो, यो त अग्नि, जल, वायु, पृथ्वी र आकाशबाट बनेको छ र अन्त्यमा यसैमा मिल्नेछ ।
१३. जो पुरुष एकाशनमा बसेर चित्तलाई स्थिर गरेर कुनै पनि कुराको चिन्ता परब्रहाममा लीन हुन्छ, उसको लागि धर्माधर्म, शुभाशुभ केही नभई साक्षात् ईश्वर, मोक्ष तथा सत्य ज्ञानको प्राप्ति हुने गर्दछ ।

शैक्षिक दृष्टिकोण

भागवत गीतामा बताइएका कर्मयोग, भक्तियोग, र ज्ञानयोगका कुराहरुलाई शिक्षा, यसको माध्यम, पाठ्यक्रम, सिकाई प्रक्रिया र प्राप्त उपलब्धीमा एकाकार गर्न सक्नु भागवत गीताको शैक्षिक दृष्टिकोण हो । ज्ञान नै ईश्वर प्राप्तिको सर्वोकृष्ट माध्यम भएकोले एकाग्र चितले यसमा लीन हुनु साधारणतया साधकको निरन्तर कतव्र्य हुने देखिन्छ ।

श्रीमद्भागवत गीतामा अठार प्रकारका योग वा अभिमानको व्याख्या गरिएको छ । हिन्दु धर्मको मुख्य धार्मिक ग्रन्थका रुपमा रहेको भागवत गीतामा सात सय श्लोकहरु रहेका छन् । यी श्लोकमा कर्म, भक्ति र ज्ञानयोगको सार खिचिएको छ । यी श्लोकमा कर्म, भक्ति र ज्ञानयोगलाई महाभारतको युद्ध सुरु हुन लाग्दा पाण्डका पक्षका एक मुख्य पात्र अर्जुनको मनमा युद्ध गर्नु उपर्यूक्त हो कि होइन् भन्ने दुविधा उत्पन्न भएपछि त्यस समयमा दुवै पक्षका युद्ध महारथी लगायत सबैको अवलोकन गर्दा त्यहाँ दुवै पक्षमा आफन्त, नातागोता, स्वजनको ठूलो संख्यामा उपस्थिति देखिए ।

तिनीहरु सबै मार्न र मर्न उद्धत भएको अर्जुनले देखे । यसपछि आफनै बन्धुबान्धवको उपस्थितिको कारणले अर्जुनलाई विचलित तुल्यायो । यस धर्म युद्धमा संलग्न हुने वा पलायन हुने भन्ने दुविधाबीच अर्जुनको मोह निवारणका लागि भागवत गीताको उपदेशका सन्दर्भमा उपयूक्त आधार तयार भएको थियो । अर्जुनको मनमा उठेका यस किसिमका धेरै प्रश्नको उत्तर दिने क्रममा भगवान श्री कृष्णद्धारा प्रदान गरिएका ज्ञानयूक्त कालझै उपदेशहरु नै महाभारतका भिस्मापर्वको रुपमा गीता शास्त्रको नामले प्रसिद्ध हुदैँ आएको छ ।

आफूले जति क्रिया गर्ने अनुमति पाएको छ त्यति क्रिया गरिसकेपछि र उच्च क्रिया गर्ने विधि प्राप्त गरिसकेकाले पनि तोकिएको उच्च क्रिया गरी मेरुदण्ड भित्रभित्रै श्वास क्रिया गर्न सक्छ । यसबाट व्यक्तिलाई योगा मार्फत ईश्वर प्राप्ति गर्ने बाटोमा लैजान सकिन्छ । व्यक्तिहरुलाई दिइने यी कुराहरु भागवत गीताका उपदेश भित्र पर्दछन् । भागवत गीतामा कर्म, भक्त र ज्ञानका मुख्य योगहरु रहेका छन् । भागवत गीताले कुनै पनि मोहबाट टाढा रहने र ज्ञानी बनेर अरुलाई नयाँ बाटो देखाउने कुरालाई जोड दिएकोे छ ।

निष्कर्ष

आज संसारमा सबै ठाउँमा गीताको प्रसंसा छ, तापनि यो कुनै धर्म अथवा सम्प्रदायको साहित्य बन्न सकेको छैन् किनकि सम्प्रदायहरु कुनै न कुनै रुढीबाढीबाट ग्रसित रहेका छन् । महाभारतको सन्दर्भमा धेरै साधक, दार्शनिक तथा विज्ञहरुको विचारमा महाभारत युद्ध विगतमा भएको वा नभएको भएतापनि हाम्रो मन मस्तिष्कमा यसप्रकारका युद्धहरु निरन्तर रुपमा चलिरहेको हुन्छन् । हाम्रो जीवनभित्र नै ईश्वरको नित्य बास भईरहेको हुनाले विश्वासका साथ पुकार गरी ईश्वरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्न ईश्वर सदैव तत्पर देखिन्छन् । जीवनमा आईपर्ने विपत्ति, कष्ट तथा भ्रमको निवारणको लागि ईश्वरीय अवतार स्वरुप अनुभवी शिक्षक, शिक्षिका वा गुरुद्धारा आफनो साधना सिद्ध गर्न सम्भव हुन्छ, भनिएको छ ।

भागवत गीता अध्ययन गर्नाले विद्यार्थीहरुमा असल आचरणको विकास गर्ने गर्दछ, आफनो मनलाई नियन्त्रणमा राखेर काम गर्ने तर फलको आशा नगर्ने, सदाचार पालना गर्ने रहेको छ । मान्यजनको सेवा तथा आदरसत्कार गर्ने, आफूलाई सहयोग गर्ने मीत्रलाई कहिल्यै विश्वासघात नगर्ने । आफनो कर्ममा विश्वास गर्ने, भक्तिको माध्यमबाट ईश्वरलाई खुशी पार्ने, ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रुपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने र सांसरिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेकोमा पश्चाताप नगर्ने कुराहरु यस भागवत गीताको पुस्तकबाट शिक्षा लिन सकिन्छ ।


  • 447
    Shares
प्रतिक्रिया दिनुहोस्