पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप सुरु, पहिलो खेलमा भोजपुर फुटबल क्लबसँग सगरमाथा युथ क्लब मोरङ पराजित

  • 400
    Shares

नवीन मास्के,
भोजपुर ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा भोजपुर फुटबल क्लवले सगरमाथा युथ क्लब मोरङलाई ट्राईवेकरमा पराजित गरेको छ ।

आयोजक भोजपुर फुटबल क्लव र सगरमाथा युथ क्लब मोरङलाई विच भएको खेलमा निर्धारित समयमा दुवै पक्षबाट २-२ गोलको बराबरीमा समाप्त भए पछि ट्राईवेकरमा भोजपुर फुटबल क्लवले सगरमाथा युथ क्लब मोरङलाइ ६ गोलका विरुद्ध ७ गोल गर्दै पराजित गरेको हो ।



खेलको १६ मिनेटमा सगरमाथा युथ क्लब मोरङका निशान खड्काले पहिलो गोल गरे पछि खेलको माहोल तातिएको थियो । खेल आक्रमक बनेपछि २२ मिनेटमा आयोजक भोजपुर फुटबल क्लवका दिनेश आलेले १ गोल फर्काएका पछि पहिलो हाफ टाईम सम्म खेल बराबरीमा रहेको थियो ।

हाफ टाईम पछि सगरमाथा युथ क्लब मोरङका अशोक खवासले आयोजकललाई खेलको ५२ मिनेटमा गोल गरेर आफ्नो टिमलाई थप दरिलो बनाएका थिए भने आयोजककाे तर्फबाट अर्का खेलाडी सन्तोस तामाङले ६५ मिनेटमा उक्त जवाफी गोल फर्काएका थिए । आज भएको पहिलो खेलबाट आयोजकका जर्सी नं ३ का खेलाडी प्रविन राई नगद रु.तीन हजार पाँच सय सहित खेलको पहिलो म्यान अफ द म्याच घोषित भएका छ्न् ।



प्रतियोगिताको उद्घाटन रेफ्रीलाई बल हस्तान्तरण गरेर भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले गरेका थिए । ३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा आजबाट सुरु भएको प्रतियोगिता आगामी चैत्र ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आजबाट सुरु भएको प्रतियोगितामा बसाहा क्लब उदयपुर, राष्ट्रिय जागृति क्लब सुनसरी, सताशीधाम स्पोर्टि क्लब झापा, अमुक्त परिवार वेष्ट बंगाल भारत, सगरमाथा युथ एशोसियसन मोरङ, गोर्खा ब्वाइज रुपन्देही, भगवती स्पोर्टस् क्लब खोटाङ र आयोजक भोजपुर फुटबल टिम गरी ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाको २५ लाख, सहप्रायोजक चौधरी ग्रुपको एक लाख र राष्ट्रिय वाणिज्य बैङ्कको एक लाख सहयोग रहेको छ भने अन्य अपुग लागत विभिन्न संघसंस्थाहरुबाट संकलन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

बुधवार हुने खेलमा राष्ट्रिय जागृती क्लब सुनसरी र भगवती स्पोर्ट्स क्लब खोटाङ बिच दिनको ठिक १:३० बजे हुनेछ ।


  • 400
    Shares
प्रतिक्रिया दिनुहोस्