पहिलो पटक भोजपुरमा बजाज मोटरसाइकलको ४ दिने एक्सचेन्ज तथा सर्भिस क्याम्प संचालन गरिँदै

  • 38
    Shares

नवीन मास्के,
०२ वैशाख , भोजपुर ।
नयाँ वर्षको अवसर पारेर नेपालकै सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको ४ दिने एक्सचेञ्ज तथा सर्भिस क्याम्प अर्बिन एण्ड ब्रदर्स अटो धरानको आयोजनामा पहिलो पटक भोजपुरमा संचालन गरिने भएको छ ।

उक्त एक्सचेन्ज तथा सर्भिस क्याम्प वैशाख ६ गते देखि ९ गतेसम्म अर्बिन एण्ड ब्रदर्स अटो धरानको आयोजनामा गरिने भएको शुक्रबार प्रेस विज्ञप्ती मार्फत जनाईएको हो । उक्त क्याम्पमा बजाज मोटरसाइकलका ग्राहकहरुले नगद खरिदमा एस.एम.एस. को माध्यमबाट रु. दश हजार देखि दश लाखसम्म नगद छुटका साथै हेल्मेट र लेगार्ड समेत प्राप्त गर्ने अर्बिन एण्ड ब्रदर्स अटो धरानका सन्चालक अर्बिन तामाङ्गले बताए ।

सन्चालक तामाङ्ले भने, ” बजाजका नयाँ तथा पुराना ग्राहकहरुले पचास प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याजदरमा १८ महिनासम्मको सरल किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न सक्नुका साथै दक्ष प्राविधिकद्वारा नि:शुल्क चेकअपको पनि फाइदा लिन सकिन्छ । ” यस्तै पहिलो पटक भोजपुरमा आयोजना गरिएको उक्त क्याम्प मार्फत पचास देखि साठ्ठी वटा सम्म मोटरसाइकल बिक्री गर्ने आंकलन समेत आयोजकले गरेका छ्न्।

उक्त क्याम्प भोजपुरको च्याङबेनी चोकमा गत करिब ५ वर्ष देखि संचालित बिकल एण्ड ब्रदर्स अटोमा सन्चालन गरिने भएको हो ।


  • 38
    Shares
प्रतिक्रिया दिनुहोस्