गठबन्धन ऐतिहासिक आवश्यकता

  • 78
    Shares

मादेन किराती
हाल नेपालको राजनैतिक आकासमा गठबन्धनको निकै ठूलो चर्चा भैरहेको छ । यो खासमा मजाक भन्दा पनि ऐतिहासिक आवश्यकता नै हो । ठेट अर्थमा भन्ने हो भने प्रमुख दुश्मनको बिरुद्ध लड्न छरिएर रहेका शक्तिहरु आपसमा एकताबद्द भई जित सुनिश्चित गर्न तैनाथ तालिम प्राप्त सेनाको जत्थानै हो गठबन्धन ।

नेपालको राजनैतिक अभ्यासमा यो अनौठो बिषय भने पक्कै हैन । ०७४ को स्थानीय निर्वाचन र प्रदेश र संघको निर्वाचनमा पनि यस्ता अभ्यास भएकै हो । कम्युनिष्ट पार्टीका संस्थापक आदरणिय कमरेड पुष्पलालले बारम्बार संयुक्त मोर्चाको कुरा उठाउनु भएको सबैमा इतिहास जग जाहेर नै छ । मुख्य कुरो के हो भने कांग्रेस नेतृत्वमा भएको ७ सालको क्रान्ति,एमाले र बाम नेतृत्वको ४६ सालको जनआन्दोलन र ५२ साल देखि ६२ सम्मको माओवादी जनयुद्ध क्रमश: त्रिपक्षीय दिल्ली सम्झौता,संबैधानिक राजतन्त्र र १२ बुँदे शान्ति समझौतामा टुंगिएको कुरा पनि सबै जानकार नै छौ ।

सबै राजनैतिक कदमले नेपाल र नेपाली जनतालाई सहि ढंगले निकास दिन सकेन । यी सबै प्रकारको आन्दोलनहरुले आंशिक सुधार बाहेक सत्तामा आमूल परिवर्तन भने ल्याउन नसकेकै हाे ।
त्यस कारण देशको स्थिती पनि अधाेगती तिर लाग्यो । राजनैतिक हिसाबले उल्टो दिशातिर लागेको देशलाई कुनै पनि पार्टीको अनावश्यक गुणगान गाएर नै विद्मामान अवस्थामा क्रियाशील पार्टी र तिनका कार्यकर्ताहरु जो राष्ट्रवादी,प्रगतिशील,बामपंथी लगायत बुद्धिजीवीहरु सबै एक गुट भएर देशलाई निकास दिन गठबन्धनमा आबद्ध भई जानुपर्ने ऐतिहासिक आवश्यकता थियाे।

तर हालको गठबन्धन इतिहासको आवश्यक्तालाई बोध गरेर आ-आफ्नो हैसियत लिएर अगाडि बढ्ने भन्दा आफू र आफू आबद्ध दललाई शक्तिशाली बनाउने खेल देखिनु दुखद कुरा हो । यस्ता कुराहरू बेलैमा नियन्त्रण होस हैन भने गठबन्धन समेत दुर्घटना ग्रष्त हुनेछ ।


  • 78
    Shares
प्रतिक्रिया दिनुहोस्