मेरो मत भिजनयुक्त उम्मेदवार अशोक राईलाई : मनि तामाङ

  • 243
    Shares

मनि तामाङ, भोजपुर
म प्रदेश न. १ को मूख्यमन्त्री, पूर्व सूचना तथा संचारमन्त्री, तत्कालीन सरकारको प्रवक्ता माननीय शेरधन राईज्यूँको गृहपालिका आमचोकको बासिंदा हुँ । तर उहाँले त्यति माथिल्लो पदभारमा पुग्दा पनि आफ़नो गाऊँको लागी केही गर्नु भएजस्तो लागेन ।

हुन त म बबूरो भूईमान्छे हु । मलाई राजनीति त्यति आऊदैन । द्वन्दकालमा यहि माओवादी संग सरकारी पक्षबाट लड़ाईं लडेको सिपाही अनि सेनाको बर्दी लगाएर माओवादी लाई भोट हाल्ने पनि मै हु किन की म सचेत थिए । विश्वास थियो कि माओवादीले जनता र देशको आमूल परिवर्तन गर्छ भन्ने र अझै पनि त्यो विश्वास टूटेको छैन ।

त्यसैले बैशाख ३० गते सम्पन्न हुन गइ रहेको स्थानीय तहको निर्वाचनमा मेरो नैतिक समर्थन माओवादी उम्मेदवार अशोक राईलाई नै रहने छ । किनकी उहाँसंग भिजन छ , युवा जोस छ , गाऊँसमाजको लागी केही गरू भन्ने उत्साह पनि छ र केही कामहरू आफ्नो पहुचले भ्याए सम्म गरेर पनि देखाई सक्नु भएको छ । त्यसैले भोट क.अशोक राई लाई ।

यदि गाँउ बनाउने नै हो भने हाम्रोलाई होईन राम्रोलाई नै छान्नु पर्छ । त्यो गुणस्तर अशोक राई बाहेक अन्य पार्टीको प्रतिस्पर्धी उम्मेदवारहरुमा देखिदैन । त्यसकारण भोट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार क. अशोक राई लाई नै रहने छ।

यसकारण तपाईं वसन्त राई दाईप्रती क्षमाप्रार्थी छ ।

( मनि तामाङको फेसबुक वालबाट साभार)


  • 243
    Shares
प्रतिक्रिया दिनुहोस्