षडानन्द नगरपालिकाले ८६ करोड बराबरको बजेट निर्माण गर्दै सम्पन्न गर्यो सातौँ नगरसभा

  • 150
    Shares

रातोपर्खाल
असार ३०, भोजपुर ।
षडानन्द नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि ८६ करोड बजेट निर्माण गर्दै सातौं नगरसभा सम्पन्न गरेको छ । उक्त नगरसभाले आर्थिक वर्ष २०७९/८० को लागि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा बराबरको बजेट निर्माण गरेको छ । असार १० गते नै सम्पन्न गर्नुपर्ने तर विशेष कारणले गर्दा स्थगित नगरसभामा बुधबार नगरप्रमुख सुरेन्द्र उदासले निति तथा कार्यक्रम प्रस्तुत र उपप्रमुख प्रमिला राईले बजेट पेश गरेका छन् ।

सभाले भौतिक पुर्वधारको क्षेत्रमा ५० लाख, सामाजिक विकासमा २१ लाख, कृषि विकासमा ७० लाख, स्वास्थ्य क्षेत्रमा ९५ लाख, शिक्षा क्षेत्रमा १ करोड १५ लाख, वन तथा वातावरणको क्षेत्रमा १५ लाख, नगरपालिकादेखि वडाको केन्द्रसम्म जोड्ने सडकमा १ करोड ४० लाख, खेलकुद क्षेत्रमा १५ लाख आदि महत्वपुर्ण क्षेत्रहरुमा आ.व.०७९/८० को बजेट विनियोजन गरेको हो ।

संघिय सरकारबाट नगरलाई सशर्त अनुदानमा ३३ करोड ४३ लाख, विशेष अनुदानमा ४ करोड ५० लाख, समपुरक अनुदानमा १ करोड बजेट विनियोजन भएको हो । यस्तै १ नं. प्रदेश सरकारबाट सशर्त अनुदानमा १ करोड ५१ लाख ७८ हजार, समपुरक अनुदानमा १ करोड, समानिकरण अनुदानमा १२ करोड ५९ लाख, बाँडफाँडबाट प्राप्त राजस्व ११ करोड ३६ लाख २७ हजार, प्रदेश समानिकरण अनुदान ६७ लाख ८५ हजार बाँडफाबाट प्राप्त राजस्व १ करोड ३३ लाख २४ हजार ६ सय ३०, आन्तरिक आय २ करोड ५० लाख, जनसहभागिता १ करोड, सामाजिक सुरक्षा १० करोड, आर्थिक वर्षको भुक्तानी बाँकी ४ करोड ९५ लाख २९ हजार आठ सय ९८ रुपैयाँ ९३ पैसा र गत आ.व.०७८/०७९ को आय ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा थियो भने आगमी आर्थिक बर्ष ०७९/८० को लागि अनुमानित आय रहेको थियो ।


  • 150
    Shares
प्रतिक्रिया दिनुहोस्