कविता राईको उपन्यास “गुरु” माथी भोजपुरमा परिचर्चा

  • 182
    Shares

रातोपर्खाल,
श्रावण ०७, भोजपुर ।
भोजपुरमा अघिल्लो वर्षको राष्ट्रिय कविता प्रतियोगिताकी विजेता कविता राईको उपन्यास “गुरु”को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिबार त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न परिचर्चा कार्यक्रममा जिल्ला समन्वय प्रमुख कमल थुलुङ लगायतका जनप्रतिनिधि तथा साहित्यकारहरुको बाग्लो उपस्थितिमा सम्पन्न भएको हो ।



गुरु उपन्यास माथि साहित्यकार शरण खत्री मृदुल, अमृका ताम्राकार कमला प्रधान र प्राध्यापक कमलजङ राईले परिचर्चा गरेको थिए । गुरु उपन्यास माथी परिचर्चा गदै साहित्यकार अमृका ताम्राकारले यस भित्र समसामयीक गाउँले यथार्थलाई जस्ताको तस्तै सरल भाषामा खुलाएको बताए ।

अर्का वक्ताका रुपमा बोल्दै प्राध्यापक कमलजङ राईले यस उपन्यासको नामकरण त्यति आफुलाई चाख नलागेपनी कथा बस्तुले भने आत्मा छोएको र सामाजिक रुपान्तरणमा कृतीले ठुलो भुमिका निर्बाह गर्ने बिस्वास व्यक्त गरे ।



कार्यक्रममा बोल्दै कवियत्री तथा उपन्यासकार कविता राईले आफु विविध कारणबस कुनै समय साहित्यकर्मबाट गुमनाम रहेको बेला पनी सञ्चारकर्मीहरुले आफुलाई प्रोत्साहन गदै अगाडी उभ्याएको कारण साहित्य लेखनमा फर्किएको र यो स्थान सम्म आईपुगेको बताइन् ।



गत वर्ष चैत्र २३ गते विमोचन गरिएको उपन्यास “गुरु” को विक्रि वितरण समेत गरिएको थियो । यस अघि भानु जयन्तिको अवसरमा त्रिवेणी साहित्य कला प्रतिष्ठानले कथाकार दिलिप बान्तवाको कथा संग्रह ताल्चाको परिचर्चा गरिसकेको प्रतिष्ठानका अध्यक्ष्य सुभास विभासले बताए ।



नेपालमा ख्याति प्राप्त साहित्यकारहरुको जन्मभुमि मानिने भोजपुरमा केही बर्ष साहित्यिक माहोल सुस्त थियो । तर पछिल्लो समय भने साहित्य बाचन र कृतिमाथि परिचर्चा कार्यक्रमहरु सदरमुकाममा हुन थालेकाछन् ।



  • 182
    Shares
प्रतिक्रिया दिनुहोस्