घरविहिन कष्टकर जीवन बिताउँदै आएका ७० वर्षिया वृद्ध आमाले पाईन नयाँघर

  • 155
    Shares

रातोपर्खाल,
श्रावण १५, भोजपुर ।
रामप्रसादराई गाउँपालिका ४ दलगाउका कष्टकर जीवन विताईरहेका ७० वर्षिया वृद्ध आमाले नयाँ घर पाएका छन् । दलगाँउ बस्दै आएका स्व.राजन राइकाे श्रीमती मनकुमारी राईले नयाँ घर पाएका हुन् ।

गत १० वर्ष देखि जिर्ण अवस्थाकाे टहराेमा वर्षाद र हुण्डरीकाे बज्रपात सहदै आएका एक्लाे जीवन गुजारी रहेका थिए ।



उनले नेपाली नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित समेत बनेका थिए । उक्त पिडालाई मलम लगाउन वडाध्यक्ष बाबुकुमार राई र अर्का समाजसेवी तथा व्यवसायी दलगाँउ साविक वडा नं.५ मा घर भएका हाल भोजपुर सदरमुकाममा बस्दै आएका बिक्रम राईले घर निर्माण गरिदिएको वडासदस्य एकराज भुजेलले जानकारी दिए ।

शनिवार वडाध्यक्ष राई कार्यपालिका सदस्य सविना तामाङ, वडा सदस्यहरू महेन्द्र बहादुर कार्की, एकराज भुजेल, हेमादेवी सार्की, अस्थायी प्रहरी चाैकी दलगाउका असइ माेहन विक्रम कार्की, भुजेलीथान संरक्षण समितिकाे स्वयंसेवक र जुझारु युवा लगायत दलगाँउबासी स्थानीय लगायत ५६ जनाकाे उपस्थितिमा वृद्व राई काे घर निर्माण भएको हो ।


घर निर्माण भए पछि राई खुसी भएकि छिन् । उनी भन्छिन् “अब नेपाली नागरिकता बनाउन पाए अनि विजुली, खानेपानी लगायतका सेवा उपलब्ध भए मेराे दुखका दिन जान्थे” । उक्त समस्यालाई वडाध्यक्ष राइले छिट्टै समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छ्न् ।


  • 155
    Shares
प्रतिक्रिया दिनुहोस्