गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट ताेडिन्

  • 50
    Shares

काठमाडाै । गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकाे घाेषणा गरेकीछिन् । मेलिनाले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी हुन्। 

उनले सामाजिक सञ्जालमार्फत यसबारेको जानकारी सार्वजनिक गरेकी हुन्। यी दुईजनाले गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेका थिए। उनले सबै इन्गेज्मेन्ट बिहेमा परिणत हुनैपर्ने बाध्यकारी कुरा पनि नरहेको भन्दै आफ्नो निर्णयको बचाउ गरेकी छन्। 

सञ्जीव चर्चित एरेन्जर हुन्। उनले थुप्रै लोकप्रिय गीत दिएका छन्। केही समय अगाडि लोकप्रिय बनेको ‘फुल बुट्टे सारी’ उनैले एरेन्ज गरेको गीत थियो। उनी चर्चित गितारिस्ट पनि हुन्। 


  • 50
    Shares
प्रतिक्रिया दिनुहोस्