वाईसियल नेपालको केन्द्रीय समितिमा भोजपुरका करण निर्वाचित


रातोपर्खाल,
भाद्र ६, भोजपुर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट वाईसियल नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । गत भाद्र ३ गते देखी ५ गते सम्म राष्ट्रिय सभागृह काठमाण्डौमा आयोजित ३ दिने भेलाले सुवोध सेर्पालीको अध्यक्षतामा ३५१ सदस्यसीय केन्द्रीय समिति घोषणा गरेको हो ।

साे भेलाबाट वाईसियल नेपालको केन्द्रीय समितिमा भोजपुरका करण राई निर्वाचित भएका छन् । राईले संगठनको साधारण सदस्य हुदै भोजपुर जिल्लाको दुई कार्याकाल अध्यक्ष पद सम्हालि सकेका थिए ।

यस्तै राईले हाल मात्र वाईसियल नेपाल भोजपुरको जिल्ला ईन्चार्जको जिम्मेवारी सम्हाली सकेका छन् । राईले भने,“ भोजपुर जिल्लामा अस्ताइरहेको वाईसियल नेपाललाई निरन्तर मेहनत तथा खटाईले जिल्लामा पुःन उदाएका छौ । जस्ले गर्दा जिल्लालाई वाईसियलमय बनाउन तर्फ निरन्तर मेहनत र समय खर्चिरहेका छौँ ।”

राईले संगठनको केन्द्रीय समितिको पदाधिकारी हुँदै अध्यक्ष सम्म बन्न सक्ने धारणा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्