क्रिकेट टोलीका कप्तान सन्दीप विरुद्ध बलात्कारको जाहेरी दर्ता,

  • 52
    Shares

रातोपर्खाल,
भाद्र २२, काठमाडौ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दर्ता भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकले बताए ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि सो सूचना काठमाडौँका एसएसपी भरत बोहराकहाँ पुगेको थियो । बोहराले उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकलाई त्यसबारे जानकारी गराए थिए । एआईजी धानुकले भने ‘जाहेरी हेरी दर्ता भएर अनुसन्धान सुरु भएको छ’ ।

प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षकी हुन्। स्न्यापच्याट र ह्वाट्सएप मार्फत कुराकानी भएपछि नाबालिगलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

अनुसन्धान अधिकृतहरूका अनुसार एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप छ । सो होटेलमा प्रहरीले घटनास्थलको मुचुल्का गर्ने तयारी गरेको छ । नगरकोटमा पीडितलाई घुमाएको होटल, रेष्टुरेन्टको  सिसिटिभी  फुटेज सङ्कलनका लागि अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रहरीले थापाथली अस्पतालमा पीडितका स्वास्थ्य परीक्षण गराएको छ । नाबालिगले आफ्नो साथीसँग सन्दीपले बलात्कार गरेको कुरा सेयर गरेपछि घटना बाहिरिएको थियो । सन्दीप अहिले विदेशमा छन् । 


  • 52
    Shares
प्रतिक्रिया दिनुहोस्