युवा संघ भोजपुरको विस्तारित बैठकको तयारी पुरा,

  • 64
    Shares

रातोपर्खाल,
भाद्र २४, भोजपुर ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघको विस्तारीत बैठक भोली सम्पन्न गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आगमी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी युवा संघ भोजपुरले बैठक सम्पन्न गर्ने जनाएको छ ।

संघले आगमी निर्वाचनको प्रचारप्रसार सँगै एमालेलाई भोजपुरमा जिताउनका लागि जिल्लाको ९ वटै स्थानिय तहको ८१ वटै वडामा चुनाव विशेष कामहरु के–कसरी सम्पादन गर्ने भन्ने विषयलाई लक्षित गरी बैठक आयोजना गरेको युवा संघ भोजपुरका अध्यक्ष विमल रणपहेँलीले बताए । अध्यक्ष विमलले भने,“नेकपा एमालेलाई भोजपुर जिल्लाको हकमा विजयी गराउनका निम्ति संघको तर्फबाट गरिनु पर्ने कार्यसम्पादनहरुको विषयगत निकास निकाल्नका लागि यो बैठक आयोजना गरेका हौँ ।”

उक्त विस्तारित बैठकमा युवा संघ नेपालको केन्द्रीय अध्यक्ष किरण पौडेल, पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राई लगायत संघका सदस्य, विद्यार्थीहरु र पार्टीका कार्यकर्ताहरुको उपस्थितिमा सम्पन गर्ने तयारी रहेको संघले जनाएको छ । बैठक शनिबार बिहान ठिक १० बजे भोजपुर नगरपालिकाको सभाहलमा सुरु हुने संघले जनाएको छ ।


  • 64
    Shares
प्रतिक्रिया दिनुहोस्