किरात राई लेखक संघको अध्यक्षमा खम्बु चयन, उपाध्यक्षमा प्रकास र अम्बिका ।

  • 103
    Shares

रातोपर्खाल,
असोज ०४,काठमाण्डाै।
किरात राई लेखक संघको ४औं अधिवेशनबाट अध्यक्षमा बलिराज खम्बुलाई चयन गरिएको छ । उक्त अधिवेशनबाट संघको अध्यक्षमा खम्बु, उपाध्यक्षमा प्रकास दुमी राई र अम्बिका अनमोल सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै महासचिवको जिम्मेवारी भविशंकर रार्ई धरासायी’ ले पाउँदा नमन राई सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा अन्जना राई ‘इछमफूल’चयन भएकी छन् ।

अध्यक्षमा निर्वाचित भएपछि खम्बुले खुसी भने,“किरात राई लेखक संघलाई स्थापना गरी यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने सम्पुर्णमा विशेष धन्यवाद । मप्रति विश्वास गरी अध्यक्षजस्तो गरिमामय पद तथा महत्त्वपूर्ण जिम्मेवारीमा चयन गरिदिनु भएकोमा सबै मित्रहरूप्रति आभार व्यक्त गर्छु।”

गत वि.सं.२०६४ सालमा स्थापना भएको संघले कला साहित्यको क्षेत्रबाट समानता तथा पहिचानका मुद्दालाई उठाउँदै आइरहेको छ ।


  • 103
    Shares
प्रतिक्रिया दिनुहोस्