आसन्न निर्वाचनका लागि गठबन्धन दलले गर्यो तीन स्तरिय निर्वाचन समिति गठन,


रातोपर्खाल,
असोज २६, भोजपुर ।
आासन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धन दलले तीन स्तरिय निर्वाचन समिति गठन गरेको छ । गठबन्धन दलको सोमबार बसेको बैठकले गठबन्धनका साझा उम्मदवारहरुलाई सानदार विजयी गराउनलाई सम्पुर्ण संयन्त्र परिचानलका लागि समिति गठन गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेसको केन्द्रिय सदस्य उमेशजङ्ग रायमाझीको संयोजकत्वमा ७ सदस्यीय उच्च स्तरिय निर्वाचन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नेकपा एसकी जयन्ती राई, नेकपा (माओवादी केन्द्र)का अजम्बर काङमाङ, नेकपा एसका राजेन्द्रकुमार राई, नेपाली काँग्रेसका विनोद वान्तावा र सदस्य सचिवमा नेपाली काँग्रसका कैलाशकुमार आले रहेका छन् ।

यस्तै नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य रमेश शाक्यको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । सदस्यहरु गजेन्द्रबहादुर कार्की, नगेन्द्र भुजेल, वीरजङ राई, सफल किरात, मनिका राई, ममिता राई, मनु राई र शरण तामाङ रहेका छन् । नेपाली कांग्रेस भोजपुरको पूर्व सभापति नन्दमणि राईको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा बालकृष्ण थापा, राजेश खतिवडा, विमल खड्का, ईश्वर कार्की र शिद्धिकुमार राई रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य सुदन किरातीको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।


प्रेस विज्ञप्ती


प्रतिक्रिया दिनुहोस्