एमालेका निर्वाचित पूर्ववडाध्यक्ष सुर्य राई माओवादीमा प्रवेश


भोजपुर । नेकपा एमालेबाट यसअघिका निर्वाचित वडाध्यक्ष सुर्य राई एमाले परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राई शुक्रवार भएको बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा मार्फत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोराका पूर्व गाविस अध्यक्ष समेत हुन् । विचार र सिद्धान्तविहिन पार्टी एमाले भएको भन्दै राई सहितका नेता कार्यकर्ताले एमाले परित्याग गरेका हुन् ।

राई सहित बासिखोराका धेरै एमाले कार्यकर्ताहरुले बाम लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्