परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गठबन्धनलाई भोट – किराँती


भोजपुर । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका लागि भोजपुरका गठबन्धन उम्मेदवार सुदन किरातीले थुप्रै संघर्षबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न वर्तमान कांग्रेस माओवादी सहितको लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।

भोजपुरको दक्षिणी बासिखोरामा भएको चुनावीसभालाई सम्वोधन गर्दै किरातीले परिवर्तित वर्तमान व्यवस्था उल्ट्याउने षड्यन्त्रमा एमालेसहितका केहि प्रतिगामी शक्ति सकृय भएको आरोप समेत लगाए । उनले झण्डै दुईतिहाई नजिक जनमत हुँदा समेत प्रतिनिधिसभा दुई पटक विघटन गरेर व्यवस्था उल्ट्याउने प्रयत्न गरेको बताए । संविधानको रक्षा र असल कार्यन्व्यनको लागि वर्तमान लोकतान्त्रिक गठबन्धनदल बनेको भन्दै यसैमा मतदान गर्न किराँतीको अपिल छ ।

प्रतिनिधिसभाका लागि किराँतीले एमालेका शेरधन राईसँग मुख्य प्रतिष्पर्धा गर्दैछ । यता प्रदेशमा भने गठबन्धनदलका तर्फबाट १ मा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र २ मा नेपाली कांग्रेसका विनोद बान्तावा चुनावी मैदानमा छन् । एमालेबाट प्रदेशसभामा भने हरिकुमार राई र प्रेम कार्की प्रतिष्पर्धामा छन् ।

बासिखाेराकाे चुनावी सभाका तस्वीरहरु


प्रतिक्रिया दिनुहोस्