भोजपुरमा सुदनको चर्चा


भोजपुर । प्रतिनिधिसभाको निर्वाचनमा १ क्षेत्र रहेको भोजपुरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटव्युँरो सदस्य सुदन किराती र नेकपा एमालेको तर्फबाट पार्टीका स्थायी कमिटी सदस्य शेरधन राई चुनावी प्रतिष्पर्धामा छन् । किरातीलाई गठबन्धनदल नेपाली कांग्रेस र एकीकृत समाजवादीको साथ छ । यता राई भने एमालेको तर्फबाट चुनावी मैदानमा छ । यसअघि ०७४ को निर्वाचनमा बामगठबन्धनको तर्फबाट किराँती सांसद बनेका थिए भने राई भोजपुर प्रदेश २ बाट निर्वाचित भई मुख्यमन्त्री समेत बने ।

निकट स्थानीय तहको निर्वाचनको नतिजाको आधारलाई हेर्ने हो भने सुदनको पक्षमा पल्लाभारी हुने देखिन्छ । एमालेको मतभार बढी भएपनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत सुदनको पक्षमा जाने भएपछि उनको लागि सहज छ । शेरधनको लागि आफ्नो पक्षमा नतिजा निकाल्न कठिन छ ।

शेरधन राई

संसदको बैठक समयलाई छाडेर अधिकांश समय जिल्ला केन्द्रीत हुने सुदनको यसअघिको कार्यशैलीदेखि भोजपुरबासी खुसी छन् । उनले कोरोनाकालिन समयमा समेत भोजपुर जन्मथलो भई काठमाडौ कर्मथलो बनाएर बसेका जनताको समस्याको सारथी बनेकाले समेत उनलाई थुप्रैले रुचाएका छन् । गाउँठाउँमा पुगेर श्रममा जोडिने, हरेक चाढपर्वको समयमा सिमान्त समुदायमा पुग्ने उनको शैलीबाट जनता प्रभावित छन् ।

काेराेनामा खान नपाएकालाई चामल बितरण गर्दै सुदन किराती

तर दुईपटक सांसद भएर पनि सरकारको मन्त्रीको रुपमा देख्न नपाउदा जनता निरस छन् । यसपटक जनताबाट निर्वाचित भएर सरकारको महत्वपुर्ण सम्हाल्न पार्टीको तर्फबाट पहिलो प्राथमिकतामा पर्ने र मन्त्री भई थप रचनात्मक विकासको साझेदारी जिल्लासँग रहने उनले चुनावी भाषणमा भन्ने गरेका छन् ।

यता सरकारको सञ्चारमन्त्री र प्रदेश १ को मुख्यमन्त्री भईसकेका शेरधनसँग काम गरेका योजनाको फेहरिस्त प्रशस्त छ । तर जनमुखी काम भन्दा कार्यकर्तामुखी योजना ल्याएको आरोप उनीलाई छ । यसर्थ यसपटक निर्वाचनपछि समेत गठबन्धन सरकार निर्माण हुने र दुईपटक सांसदको हैसियत बनाईसकेका सुदन मन्त्री हुने पक्कापक्की जस्तै भएकाले सुदनको पक्षमा जनमत बटुलिन थालेको देखिन्छ ।

को हुन् सुदन ?

भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित ओख्रेमा उनको घर छ । एमालेनिकट अनेरास्ववियुबाट सुदनले राजनीति सुरु गरेका हुन् । ०५४ सालसम्म एमाले अखिलमा नै सकृय उनी त्यसपछि भने तत्कालिन गोपाल किराती नेतृत्वको खम्वुवान राष्ट्रिय मुक्ति मोर्चामा संलग्न भएका थिए । सशस्त्र भुमिगत भएको किरातीको पार्टी ०६० मा युद्धरत माओवादीसँग एक भएको थियो । ०६१ मा नेकपा माओवादीको सगरमाथा–जनकपुर क्षेत्रीय ब्युरो सदस्य भएका सुदन त्यही वर्ष सिराहामा पक्राउ परेपछि २३ महिना जेलमा थुनिए ।

सिरहामा पक्राउ परेपछि जेल भित्र सुदन किराती

शान्तीप्रकृया पछि छुटेका उनी ०६३ मा धनकुटा जिल्लाको सेक्रेटरी, पार्टीको जनवर्गिय संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव हुँदै अध्यक्ष, भोजपुर जिल्ला अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य हुँदै हाल भोजपुर जिल्ला ईन्चार्जको जिम्मेवारीमा छन् ।

सुदनले २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई पराजित गर्दै संविधानसभा सदस्य भए । २०७० को निर्वाचनमा शेरधनसँग पराजित उनी २०७४ को निर्वाचनमा संघीय सांसदमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि सुदन किराती

प्रतिक्रिया दिनुहोस्