जसपा परित्याग गरि माओवादी प्रवेश


भोजपुर । जनता समाजवादी पार्टीका जिल्ला समिति सदस्य खगेन्द्र कुलुङ सहितका नेता कार्यकर्ता पार्टी परित्याग गर्दै नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

भोजपुरको साल्पा सिलिचो गाउँपालिकामा भएको एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवार दुर्गा राईले माओवादी केन्द्रमा प्रवेश गराए । उनीसँगै गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र कुलुङ, वडा समिति अध्यक्ष राम कुलुङ माओवादीमा प्रवेश गरेको हो ।

पार्टी प्रवेश गर्दै उनीहरुले जनता समाजवादी पार्टी मुल मुद्धाबाट विटोलिएकाले माओवादीमा आफुहरु प्रवेश गरेको बताए । वर्तमान व्यवस्था माओवादीका कारण आएको र अव यसको रक्षा असल कार्यन्वयनको लागी समेत माओवादीबाट सम्भव देखेको उनीहरुको भनाई छ ।

प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टीका प्रदेश सदस्य दिलकुमार राई, विमल खड्का,शरण तामाङ जिल्ला पार्टी अध्यक्ष शैलेन्द्र भुजेल पार्टीका साल्पा सिलिचो गाउँपार्टी ईन्चार्ज दलबहादुर गिरी,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन जम्नेली लगाएतले फुलमाल अविर लगाएर उनीहरुलाई प्रवेश गराए ।


प्रतिक्रिया दिनुहोस्