भोजपुर एमालेको हार निश्चित भए पश्चात मतदाता भ्रमित बनाउने कुकृत्य काम गर्दै,



रातोपर्खाल,

मंसिंर ३ भोजपुर । नेकपा एमालेको हार निश्चित भएपश्चात मतदाता भ्रमित बनाउने कुकृत्य काम गर्न थालेका छन् । आफ्नो हार निश्चित भएको मानसिक्ताका साथ उनीहरु सामाजिक संजाल मार्फत गठबन्धन दलहरुमा फाटो ल्याउने खालका हर्कत गरिरहेका छन् । एमालेले भोजपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच फाटो ल्याउन अनेक हत्कण्ड अपनाईरहेका छन् । गय राती उनीहरुले नेपाली कांग्रेसको झन्डा र चुनाव चिन्ह अंकित लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र भोजपुर बजार संगै भोजपुरका सवै स्थानमा सार्वजनिक स्थलहरुमा र गाउँगाउँमा फालि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
यस हर्कत प्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले विज्ञाप्ती मार्फत आपत्ती जनाउदै आम मतदाताहरूलाई भ्रमित बनाउने कुकृत्य र गैरराजनीतिक कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । हारबाट अतालिएर गरिएको अराजनीतिक हर्कतप्रति खण्डन गर्दै यस्तो शैलीप्रति घोर आपत्ति जनाउदै यसका योजनाकार पत्ता लगाई हदै सम्मको कार्बाही गर्न निर्वाचन आयोगलाई माग गरेको छ ।
नेपाली कांग्रेसका आम पार्टीपंति र गठबन्धनका सबै सहयात्रीहरु तथा कथित भ्रमलाई एक ढिक्का भएर चिर्न र खारेज गर्न साथै गलत अफवाहको पछि नलाग्न र भ्रमित नहुन अनुरोध गरेका छन् ।
लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र सामाजिक संजालमा ल्याउनेलाई कारवाहि गर्न नेपाली कांग्रेस भोजपुरले आग्रह गरेको छ ।
ज्ञापन पत्र :-


प्रतिक्रिया दिनुहोस्