भोजपुरमा ५०.३ प्रतिशत मत खस्यो,


रातोपर्खाल,
मंसिर ४ भोजपुर ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ५०.३९९ प्रतिशत मत खसेको छ । भोजपुरमा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।

मतदान केन्द्रहरुबाट मुचुल्का उठाएर मतपेटिका ल्याउने कामको प्रक्रिया सुरु गरी सदरमुकाम ल्याउने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सवै केन्द्रबाट भोली विहान ९ वजे सम्म मतपेटिका ल्याईसक्ने बताएका छन् ।सबै केन्द्रका मत पेटिका जिल्ला ल्याए पछि सर्वदलिय वैठक बसी मतगणना तत्काल सुरु गर्ने घिमिरेले बताए ।
प्रतिनिधी सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र भएको भोजपुरमा एक लाख २३ हजार ३ सय ७९ मतदाता रहेका छन् । भोजपुरमा १ सय ५७ मतदान केन्द्र रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्