भोजपुर प्रदेश २ बाट एमालेका हरिलाई ३,८८७ मतान्तरले पछि पार्दै नेकपा एसका राजेन्द्र निर्वाचित,


भोजपुर प्रदेश २ बाट एमालेका हरिलाई ३,८८७ मतान्तरले पछि पार्दै नेकपा एसका राजेन्द्र निर्वाचित,
नवीन मास्के,
मंसिर ८, भोजपुर । प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तथा प्रदेश नं. १ का बहालवाला मुख्यमन्त्री राजेन्द्र कुमार राई निर्वाचित हुनुभएको छ । नेकपा एसका राईका मुख्य प्रतिद्वन्द्वी नेकपा एमालेका हरि बहादुर राईलाई ३ हजार ८ सय ८७ मतले पछि पार्दै निर्वाचित हुनु भएको हो ।
राई निर्वाचित हुनुहुदै गर्दा १६ हजार १ सय १० मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गर्नु भएको छ । भोजपुर प्रदेश १ मा कुल मतदाता ६४ हजार २ सय ६६ रहनु भएको छ भने भोजपुर प्रदेश १ लाई जम्मा ३२ हजार ३ सय ३२ मत खसेको थियो । यता कुल सदर मत ३० हजार ९ सय ९२ रहेको छ भने १ हजार ३ सय ४० कुल बदर मत रहेको छ ।
यधपी निर्वाचित उम्मेदवारको विवरण भने मुख्य निर्वाचन कार्यालयले घोषणा गर्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्