भोजपुर प्रदेश २ बाट ६४ वर्ष पछि काँग्रेसको सान्दार जित,


नवीन मास्के,
मंसिर ८, भोजपुर ।
भोजपुर प्रदेशसभा २ बाट नेपाली काँग्रेसको जिल्ला सभापति विनोद वान्तावाले ६४ वर्ष पछि जित हात पार्नु भएको छ । भोजपुरबाट नेपाली काँग्रेसले गत २०१५ साल यता ६४ वर्षसम्म कुनै जित हात पारेको थिएन । हालको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनदलका साझा उम्मेदवार बनेका विनोद वान्तावाले नेकपा एमाले खड्ग बहादुर कार्कीलाई ७ सय ५१ मतले पछि पार्दै जित हांसिल गर्नु भएको हो । काँग्रेसका विनोदले १३ हजार ५ सय ७९ मत ल्याउनु भएको छ भने उहाँ निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खड्ग बहादुर कार्कीले १२ हजार ८ सय २८ मत ल्याउनु भएको छ । यस्तै तेस्रो दलका रुपमा जनता समाजवादी पार्टीका आसकुमार राईले १ हजार ३ सय २ मत प्राप्त गर्नु भएको छ । हाम्रो नेपाली पार्टीका भरत कुमार ताम्राकार ३ सय ३५, राष्ट्रिय प्रजातन्त्र पार्टीका  केशर बहादुर श्रेष्ठ २ सय २५, निष्क्रिय स्वतन्त्र उम्मेदवार सुर्य प्रसाद राई धारा चिह्नले ५६ मत प्राप्त गर्नु भएको छ ।
५९ हजार १ सय ४३ कुल मतदाता रहेका भोजपुर प्रदेश २ मा कुल २९ हजार ४ सय ७४ मत खसेको थियो भने कुल सदर मत २८ हजार ३ सय २५ रहेको छ । यता १ हजार १ सय ४९ मत बदर रहेको छ ।
यधपी निर्वाचित उम्मेदवारको विवरण भने मुख्य निर्वाचन कार्यालयले घोषणा गर्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्