राजनीति सबै

समयमै मल उपलब्ध गराउन नसकेको भन्दै सांसद किरातीले मागे किसानसँग माफी

रातोपर्खाल,असार १५,भोजपुर  । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भोजपुरका सांसद सुदन किरातीले किसानलाई समयमै मल उपलब्ध गराउन नसकिएको भन्दै माफी मागेका छन् । भोजपुरको अरुण गाउँपालिका एक चम्पेको सिस्नेरीमा…
बिजनेस सबै

पहिलो पटक भोजपुरमा बजाज मोटरसाइकलको ४ दिने एक्सचेन्ज तथा सर्भिस क्याम्प संचालन गरिँदै

नवीन मास्के,०२ वैशाख , भोजपुर । नयाँ वर्षको अवसर पारेर नेपालकै सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको ४ दिने एक्सचेञ्ज तथा सर्भिस क्याम्प अर्बिन एण्ड ब्रदर्स अटो धरानको आयोजनामा पहिलो पटक…
खेलकुद सबै

चौथो संस्करणको मुन्दुम ट्रेल रेस आयोजना गरिँदै, रेसको ५० प्रतिशत तयारी पुरा

नवीन मास्के,०३ वैशाख, भोजपुर । सरकारकाे सूचिमा रहेकाे एक सय पर्यटन गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक हो । उक्त पद मार्गमा आगामी वैशाख १० गते "चौथो मुन्दुम ट्रेल रेस" आयोजना हुने भएको छ । ट्रेल रेसको तयारी भइरहेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए ।  ५० प्रतिशत तयारी पुरा भएको अध्यक्ष राईले भनाई छ ...
मनोरञ्जन सबै

वडा सदस्यको उम्मेदवारमा ‘डिठ्ठासाब’

फोटो फिचर सबै

रातो पर्खाल

देशको आवाज

रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थीहरुको शैक्षिक शुल्क व्यहोर्ने ।

रातोपर्खाल,
असार १०, भोजपुर ।
रामप्रसादराई गाउँपालिका भोजपुरले भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत आफ्नो पालिकाका विद्यार्थीहरुको शैक्षिक शुल्क व्यहोर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को आफ्नो नीति तथा कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक शुल्क व्यहोर्ने कार्यक्रम राखेको हो ।

शुक्रबार प्रस्तुत निति तथा कार्यक्रममा विद्यावारिधि गरेर गाउँपालिकालाई सेवा गर्ने शर्तमा विद्यावारिधी गर्न लाग्ने खर्च समेत व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र कृर्षीलाई प्राथमिकतामा राखेको छ । जारी गाउँ सभामा गाउँपालिका अध्यक्ष थाम बहदुर राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम पास भैसकेको छ।