फरक-क्षमता-भएकाहरुलाई-भत्ता 


मनिता खिम्दुङ
भोजपुर । असार १७ गते । फरक क्षमता भएका १ सय ५० जनालाई भोजपुरको अरुण गाउँपालिकामा भत्ता प्रदान गरिएको छ । अरुणगाउँपालिका भित्रका अपाङ्गता भएका ग र घ बर्गमा परेका १ सय  ५० जना अपाङ्गहरुलाई प्रतिब्यक्ति बार्षिक ६ हजारका दरले प्रदान गरिएको हो । राज्यको नम्स भित्र नपरेका फरक क्षमता भएकाहरुलाई गाउँपालिकाले सम्मान समेत गरेको छ । बिशेष गरि राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित रहेका ग बर्गका ७५ जना र घ बर्गका ७५ जनालाई भत्ता प्रदान गरिएको गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्कीले बताउनु भयो । गाउँकार्यपालिकाको बैठकले निर्णय गरे अनुसार आइतबार गाउँपालिकाको सामुदायिक हलमा फरक क्षमता भएका ब्यक्तिहरुको मैत्री पूर्ण भेला साथै सम्मान कार्यक्रम सम्पन्न गरेको प्रमुख कार्कीले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्