पूर्व ब्रिटिस गोरखा सैनिक साना शेर्पाको कोरोना संक्रमणको कारण मृत्यु


एजेन्सी । पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

पुर्ख्यौली घर भोजपुरको षडानन्द नगरपालिका भएका ५१ वर्षीय शेर्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा निधन भएको शेर्पा संघ बेलायतका पूर्व महासचिव योन्तेन ग्याछोले जानकारी दिए ।

उनी तीन छोरा र श्रीमतीसँग बेलायतको आसफोर्डमा बसोबास गर्दै आएका थिए । सुरुमा उनलाई आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो ।

पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका छन् । उनी संघको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस्