लमजुङका १७ नेपाली सेनामा देखियो कोरोना


लमजुङ । कोरोना भाइरसबाट लमजुङमा १७ नेपाली सेनामा संक्रमण पुष्टि भएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो ।

लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड र बेसीसहर–८ का अन्य दुई जनामा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाइएको छ ।

पोखरा महानगरपालिका–११ मा स्थित साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विनोदविन्दु शर्माले पुष्टि गरेका छन् ।

यसअघि यहाँको गण्डकी अस्पताल,कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । कास्कीको मादी गाउँपालिकाका अर्का ३९ वर्षीय पुरुष भने दुबईबाट आएका हुन् । नवलपरासीको गैंडाकोटकी ४० वर्षीया महिला पनि संक्रमित हुँदा गण्डकीमा थप २३ जना संक्रमित बढेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या १९३६ र निको हुनेहरुको संख्या एक हजार ६४३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्