विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा सार्वजनिक

  • 5
    Shares

वाशिङ्गटन । अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा सार्वजनिक गरेकाछन् ।

महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका–नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमा २ सयवटा तस्विर रहनेछन् । त्यस्तै सन् २०१५ अप्रिल २५ नेपालमा भुकम्प आएकाले सोही मिति पारेर ‘४२५’ पुस्तकको नाम दिइएको श्रेष्ठले बताए ।


  • 5
    Shares
प्रतिक्रिया दिनुहोस्