मृगौला पिडित तामाङलाई आर्थिक सहयोग

  • 100
    Shares

भोजपुर । भोजपुर नगरपालिका १, हेलौँछा निवासी दुवै मृगौला पिडित ३४ बर्षीय सुर्य बहादुर तामाङलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्थाबाट संकलित सहयोग रकम ‘सुर्य बहादुर तामाङ बचाउ’ अभियान समितिमार्फत एकमुष्ट रुपमा हस्तान्तरण गरेको छ ।

समितिका अभियानकर्ता प्रकाशसिं राई र निमाराज तामाङले काठमाडौं गोगंबुको म्याग्दीचोकस्थित भाडामा बस्दै आएका पिडित तामाङलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । अभियानमार्फत संकलित १ लाख ६१ हजार एकसय २३ रुपैँया आर्थिक सहयोग हस्तान्तरण गरिएको अभियानकर्ता राईले जानकारी दिए ।

विगत केहि समयदेखि उपचाररत तामाङको आर्थिक अवस्था कमजोर भएका कारण पिडित परिवाजनले सहयोगको अपिल गरेका छन् । अभियान अन्र्तगत धेरै सहयोगी दाताहरुले नाम टिपाएपनि सहयोग रकम उपलब्ध नगराएको समितिले जनाएको छ ।

सहयोगी दाताहरुले सहयोग गर्छौ भनि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक १ लाख २५ हजार चारसय ५ रुपैँया सहयोग रकम उपलब्ध नभएकाले यथासिघ्र बिरामीलाई नै उपलब्ध गराउन आग्रह पनि सामाजिक सञ्जालमार्फत सहयोग आग्रह गरिएको छ ।


  • 100
    Shares
प्रतिक्रिया दिनुहोस्