आजबाट सर्वाेच्च अदालतमा एमिकस क्युरीको बहस

  • 4
    Shares

काठमाडौँ / आज अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सर्वाेच्च अदालतमा शुरु हुँदैछ ।एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट सोमबार जवाफी बहस सकिएको हो ।


  • 4
    Shares
प्रतिक्रिया दिनुहोस्