सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

  • 2
    Shares

काठमाडाै‌ । बिबिसीको प्रभावशाली महिला सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्। बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएकाे छ ।

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।

बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्। 


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्