ठमाडाै । गायीका इन्दिरा जोशी प्रेम सम्बन्धमा रहेकाे खुलाएकी छिन् । पत्रकारको प्रश्नमा आफू प्रेममा नरहेको र विवहाँको विषयमा नसोचेको बताउने इन्दिरा यस पटक भने खुलेरै प्रेम सम्बन्धमा रहेको बताएकी छिन् ।
२ वर्षदेखि प्रेममा रहेकी इन्दिराले आफ्नै सामाजिक सञ्जाल मार्फत सो कुरालाई खुलाएकी हुन् l

एक तस्बिर सार्वजनिक गर्दै स्ट्याटस लेखेकी इन्दीरालाइ उनका प्रेमीले रिङ् लगाइदिएका छन् । प्रेमीको तस्बिर भने सार्वजनिक गरेकी छैनन् ।
इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौँ र अझै कैयौँ वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ ।’