दक्षिण कोरियामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन

  • 2
    Shares

दक्षिण कोरिया । दक्षिण कोरियामा पराजित पोमुको संयोजकत्वमा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ ।

मातृभाषा दिवशको दिन दक्षिण कोरियामा रहेका नेपाली आदिवासी जनजातति साहित्यकारहरुले महासंघ गठन गरेका हुन् । पराजित पोमु संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।


समितिको सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर चयन भएका छन् । सचिवमा शकुन आँशु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम छन् । सदस्यहरुमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुस्मा रानाहँछा, सुनिल दिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् ।

महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको विशेष उपस्थितिमा जुम भेलाबाट समिति गठन गरिएको हो ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्