बिसीसी युकेको अध्यक्षमा धर्म तामाङ्ग

  • 1
    Share

बेलायत । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अध्यक्षमा धर्म तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् । आइतबार २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले तामाङको अध्यक्षतामा चौंथो कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, बिसीसी युकेको आमा समूहकी आमा प्रमुखमा उर्मिला गुरुङ चयन भएकी छन् । बिसीसी युकेका सल्लाहकार एवं निर्वाचन मण्डलका संयोजक मेजर खुशीमान गुरुङले चौथों कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी एवं सदस्यहरुको नामावली प्रस्तुत् गर्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्