भोजपुरका सबै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप अभियान चलाईने

  • 10
    Shares

भोजपुर । नौ स्थानीय तहका ८१ वटै वडामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । दुई चरणमा चलाईने खोप अभियानबाट सबै नागरिकलाई दिईने स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फनिन्द्र थापाले जानकारी दिए ।

तीमध्ये पहिलो चरणअन्र्तगत भोजपुर नगरपालिका, हतुवागढी, आमचोक, रामप्रसाद राई र अरुण गाउँपालिकामा फागुन २३ गतेबाट २६ गतेसम्म र दोश्रो चरणअन्र्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो, टेम्केमैयुङ र पौवादुङमा गाउँपालिकामा फागुन २७ गतेबाट ३० गतेसम्म खोप अभियान सञ्चालन हुने प्रमुख थापाले बताए ।

जिल्ला समन्वय तथा अनुगमनका समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कोभिड–१९ विरुद्धको खोप सबैले लगाउनु आवश्यक रहेको बताए । भने,‘खोप लगाउँदा गम्भिर समस्या हुन्छ भन्ने हल्ला मात्रै हो, तर अपरिहार्य भएकाले यो खोप सबै जनसमुदायलाई लगाउन आग्रह गर्छु, अभियानमा सबै होऔँ’

कोभिड –१९ विरुद्धको खोप अभियानमा जिल्लाका २१ हजार ४ सय २७ जनालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए । खोप कार्यक्रम अन्तर्गत जिल्लामा ३ सय ३ वटा खोप केन्द्र, ६ सय ६ जना स्वयमसेवक, ३ सय ३ जना स्वास्थ्यकर्मी, ८२ जना स्थानीय सुपरिवेक्षक परिचालित हुने बुढाथोकीले जानकारी दिए ।

खोप अभियान अन्र्तगत यसअघि २ हजार १ सय ५३ जनाले खोप लगाएका थिए ।


  • 10
    Shares
प्रतिक्रिया दिनुहोस्