साविक विजेता रियल मड्रिड बराबरीमा राेकियाे

  • 2
    Shares

एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ ।सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा खेलको अन्तिम समयमा भिनिसियस जुनियरले गोल गरेपछि रियल हारबाट जोगिएको हो । खेलको ५५ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८९ औं मिनेटमा भिनिसियसले गोल गर्दै खेल १-१ को बराबरी गर्दै रियललाई हारबाट जोगाए । भिनिसियसको यो रियलका लागि १२ औं गोल हो । यस्तै उनले यस खेलबाट रियलका लागि १०० औं खेल पूरा गरे ।

यस बराबरीसँगै रियलले २५ खेलमा ५३ अंक जोडेको छ । रियलले दोस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ । रियल लिगको तेस्रो स्थानमा रहेको छ । सोसिडाड ४२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्