शेयर बजारमा दोहोरो अंकको गिरावट, सूचक २४६१ दशमलव ८८ विन्दुमा आइपुग्यो, करिव ५ अर्ब रुपैयाँको कारोबार


काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्जमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से २३ दशमलव २२ अंकले ओरालो लागेर २४ सय ६१ दशमलव ८८ विन्दुमा आइपुगेको हो ।

यस दिन नेप्सेमा २१० कम्पनीका १ करोड २४ लाख ८२ हजार कित्ता शेयर ५२ हजार ५ सय ९१ पटक कारोबार भएका हुन् । साताको तेस्रो दिन नेप्सेमा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार रुपैयाँ कारोबार भएको छ ।

नेप्से सूचक दोहोरो अंकले नकारात्मक रहँदा होटल एण्ड टुरिजम ६८, जलविद्युत ३६ र म्युचल फण्ड शून्य दशमलव शून्य १ अंकले सकारात्मक देखिएका छन् ।

जीवन बीमा सबैभन्दा धेरै २०१ अंकले ओरालो लाग्यो । त्यसैगरि र्निजीवन बीमा ११४, उत्पादनमूलक ८८, व्यापार ४९, लघुवित्त ४७, विकास बैंक २२, वाणिज्य बैंक २१, अन्य २०, वित्त ४ र लगानी १ अंकले नकारात्मक देखिएका हुन् ।

यस दिन नेप्सेको सूचक र अधिकांश उपसूचक नकारात्मक देखिए पनि हिमालयन उर्जा विकास कम्पनी, चन्द्रगिरी हिल्स, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र युनाइटेड फाइनान्सको शेयर मूल्य ९ / ९ प्रतिशतले बढेका हुन् ।

सपोर्ट लघवित्तको शेयर मूल्य ५ प्रतिशतले ओरालो लाग्यो । त्यसैगरि मिथिला लघुवित्तको ४, पोखरा फाइनान्स, नारायणी डेपलभमेन्ट बैंक, ग्लोबल आइएमइ बैंक, साधना लघुवित्त र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य ३ / ३ प्रतिशतले नकारात्मक देखिएका हुन् ।

कारोबारको तेस्रो दिन अर्थात मंगलबार शिखर इन्स्योरेन्सले सर्वाधिक ६५ करोड ३५ लाख ४१ हजार रुपैयाँ कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ ।      


प्रतिक्रिया दिनुहोस्