ठूला लगानीकर्ताको संख्या थप, ठूला लगानीकर्ताको संख्या ७४ पुग्यो


काठमाडौं । नेपाल धितोपत्र बोर्डले ठूला लगानीकर्ताको संख्या थप गरेको छ । बोर्डले यही फाल्गुन २५ गते १० ठूला लगानीकर्ताको संख्या थप गरेको हो ।

उषा इन्भेष्टमेन्ट, कुमारी बैंक, सनसाइज बैंक, लक्ष्मी बैंक, गुडविल फाइनान्स, युनाइटेड इदी मार्दी एण्ड आर वि हाईड्रोपावर, विशाल ग्रुप, श्री गणेश प्रोपर्टिज एण्ड एन्भेष्टमेन्ट, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट र सिड इन्फ्रालाई स्वीकृति प्रदान गरि ठूला लगानीकर्ता अन्र्तगत थप गरेको बोर्डले उल्लेख गरेको छ ।

साथै बोर्डले माघ २० गते संस्थागत लगानीकर्ता अन्र्तगत १८ ठूला लगानीकर्ता थप गरेको थियो ।

यस अघि भने बोर्डले संस्थागत लगानीकर्ता अन्र्तगत ४६ ठूला लगानीकर्तालाई सूचिकृत गरिसकेको थियो ।

थप गरिएको संख्यासँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको बोर्डले जनाएको छ ।          


प्रतिक्रिया दिनुहोस्