नेकपा एमालेको माधवकुमार नेपाल पक्षकाे राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु

  • 4
    Shares

काठमाडाै । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज (बुधबार) ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सुरु गर्दै छ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएकाे छ ।

जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता/कार्यकर्ता उतार्ने दाबी गरेको नेपाल पक्षले त्यसका लागि सबै तयारी पूरा भएको जनाएको छ। नेकपा नामबारे विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर र यसमा मिसिएका पहिलेकै पार्टी एमाले र माओवादी केन्द्र कायम गरेको छ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसका छन्। त्यसयता नेकपामा विभाजन देखापरेको हो।

अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गरिरहेको छ।


  • 4
    Shares
प्रतिक्रिया दिनुहोस्