सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छाै – प्रचण्ड

  • 2
    Shares

काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताएका छन्।

शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले राजनीतिक जता गए पनि आफू अविश्वासको प्रस्ताव ल्याउन तयार रहेको बताएका छन्।

उनले यसअघि प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्षमा गएका दलहरुको दबाबका कारण अविश्वासको प्रस्ताव नल्याएको बताए। उनले राजनीति सरल दिशामा नजाने भन्दै कतिपय अवस्थामा चाहँदा चाहँदै पनि पछि हट्नुपर्ने बताए।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्