प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउछाैँ – प्रचण्ड

  • 1
    Share

काठमाडाै । प्रधानमन्त्री केपी ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनमै हटाउने बताएका छन्। चितवन आइतबार पत्रकारसँग कुरा गर्दै उनले ओलीलाई यसअधि तीन पटक प्रधानमन्त्रीबाट हटाएको र अब चौथोपटक हटाउन लागेको बताए।

उनले ओलीलाई पहिलोपटक संसदीय दलको नेताबाट हटाएर आफूलाई दलको नेता बनाएको र यसको जानकारी संसद सचिवालयलाई समेत जानकारी दिएको बताए। उनले नेपालको संविधान र कानुन अनुसार संसदीय दलको नेता नरहेको भन्छे स्वतः प्रधानमन्त्रीमा नरहने व्यवस्था रहेको बताए।

उनले ओलीलाई दोस्रोपटक पार्टी केन्द्रीय समितिबाट ७० प्रतिशत भन्दा बढीले कारबाही गरेर पार्टीबाट हटाएको र त्यसको जानकारी निर्वाचन आयोगलाई दिए पनि आयोगले कुनै निर्णय नगरेको बताए। उनले तेस्रोपटक ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि प्रधानमन्त्रीबाट हटिहाल्नु पर्नेमा लाज र घिन पचाएर बसिरहेको आरोप लगाए। उनले अब ओलीलाई केही दिनमै हटाएर लोकतन्त्र र संविधानका पक्षधरहरुको साँझा सरकार बनाउने र त्यसको नेतृत्व आपसी सहमतिबाट तय गर्ने बताए।

अध्यक्ष प्रचण्डले आफूहरु अझै पनि कम्युनिस्ट एकताको पक्षमा रहेको र एकता सम्भव र आवश्यक रहेको बताए। ‘कम्युनिस्ट आन्दोलनको एकता सम्भव छ, आवश्यक छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी कम्युनिस्ट आन्दोलनको एकताका पक्षमा छौँ। सबै कम्युनिस्ट पार्टी एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ।’


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्