लेखक संग्रौलालाई पहिचान सम्मान

  • 3
    Shares

काठमाडौं । पहिचान सम्मानबाट लेखक खगेन्द्र संग्रौला सम्मानित भएका छन् । पहिचान पुरस्कार कोषले संग्रौलालाई ताम्रपत्रसहित ४ लाख २ हजार २ रुपैयाँबाट सम्मान गरेको हो ।

शनिवार संघीय राजधानी काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रम मार्फत लेखक तथा अनुवादक संग्रौलालाई सम्मान प्रदान गरिएको हो । लेखनका माध्यमबाट सीमान्तकृत तथा उत्पीडित समुदायको पहिचान स्थापित गर्न योगदान गरे बापत संग्रौलालाई सम्मान गरिएको हो ।
पहिचान पुरस्कार कोषले ०७२ सालदेखि वर्षेनि लेखन तथा साहित्य मार्फत पहिचानका क्षेत्रमा योगदान गर्नेका लागि पुरस्कृत गर्दै आईरहेको छ ।

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएको छ । यसअघि चारवटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ ।

हाल संग्रौलालाई कोषले सम्मान गरेको हो । उक्त सम्मान पुरस्कार कोषका संयोजक नरेश काङमाङ, नेताहरु रामकुमारी झाँक्री, अजम्बर काङमाङले संग्रौलालाई पहिचान सम्मान प्रदान गरेका हुन् ।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्