आयल निगमद्वारा पेट्राेलियम पदार्थमा मूल्यवृद्धि

  • 1
    Share

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँ महंगो भएको छ ।

पछिल्लोपटक १६ अप्रिलमा इन्डियन आयल कर्पोरेसनबाट आएको मूल्यसूचीका आधारमा समायोजन गरिएको निगमले जनाएकाे हाे। अब डिजेल र मट्टितेल प्रतिलिटर १०४ रुपैयाँ तथा पेट्रोल १२१ रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक उडानका लागि प्रयोग गरिने हवाइ इन्धनको मूल्य पनि २ रुपैयाँले बढेको छ । एलपी ग्यासको मूल्य भने चलाइएको छैन । समायोजित मूल्यपछि पनि अर्धमासिक ७० करोड रुपैयाँभन्दा बढी घाटा रहेको निगमले जनाएको छ ।

निगमद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार एलपी ग्यासबाट मात्रै ६० करोडभन्दा बढी घाटा छ ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्