अनेरास्ववियू (क्रान्तिकारी)द्वारा भाेजपुरका १२ विद्यालयमा संगठन विस्तार

  • 242
    Shares

भाेजपुर । अनेरास्वावियू (क्रान्तिकारी) ले भोजपुर जिल्लाका १२ ओटा माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको छ । क्रान्तिकारीले संगठन विस्तार अभियान अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा कमिटी गठन गरेको हो ।

क्रान्तिकारीले भोजपुर नगरपालिकाको विद्योदय मा.वि मा सोविन तामाङ,हतुवागढीको सगरमाथा मा.वि मा परिना भुजेल,जनसेवा मा.वि हसनपुरमा सोदिप राईको नेतृत्वमा संगठन निर्माण गरेको छ ।

पौवादुङमाको पञ्चकन्या मा.वि मा विमला फुयाँल,मानेडाँडा मा.वि मा सङ्गीत राई,तिवारी भञ्याङ मा.वि मा शिशिर तिवारी र राधाकृष्ण मा.वि मा अनिल खत्रीको नेतृत्वमा कमिटी गठन गरेको छ । रामप्रसादराई गाउँपालिकाको पन्चकन्या मा.वि भुल्केमा इशा दाहाल रन्जिता भट्टराई र कालिका मा.वि ओख्रेमा सुदिक्षा राईको नेतृत्वमा संगठन विस्तार गरेको छ ।

यसअघि आमचोक गाउँपालिकाको विभिन्न विद्यालयमा क्रान्तिकारीले संगठन निर्माण गरेको जनाएको छ । संगठन विस्तार अभियान अन्तर्गत जिल्लाका सवै मा.वि तहको विद्यालयमा कमिटी विस्तार पछि संगठन सुदृढीकरण अभियान व्यापक बनाउने क्रान्तिकारीका केन्द्रिय सदस्य हेमन्त राईले जनाएकाछन् ।

देशभरनै अनेरास्वावियू (क्रान्तिकारीले संगठन विस्तार र सुदृढीकरण अभियान सञ्चालन गरिरहेकोले विद्यार्थीहरुको एक मात्रा रहर लाग्दो र भर लाग्दो संगठन बनाउने नेता राईले जनाएकाछन् ।


  • 242
    Shares
प्रतिक्रिया दिनुहोस्