प्रज्ञा–प्रतिष्ठानले लेखक साहित्यकारलाई परिचय–पत्र दिने

  • 1
    Share

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक साहित्यकारलाई परिचय–पत्र दिने भएको छ । वाङ्मयका साधक लेखक साहित्यकारलाई परिचय–पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ ।

प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले हप्ता दिन पनि नबित्दै लेखक साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ ।

संशोधनसहित कार्यविधि तयार पार्नका लागि कार्यदललाई १५ दिनको समयसीमा दिएको थियो । कार्यदलले लेखक साहित्यकार एवम् विज्ञहरूसँग विभिन्न चरणमा छलफल र परामर्श गरी कार्यविधिको संशोधित मस्यौदा तयार पारी बुझाएको हो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार ‘लेखक साहित्यकार परिचय–पत्र’ नामाकरण गरिएको परिचय–पत्रमा लेखक साहित्यकारको नाम उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्